विश्वकप क्रिकेट लिग २:  पहिलो खेलमा नेपाल पराजित

काठमाडाैं | फागुन ३, २०८०

विश्वकप क्रिकेट लिग २:  पहिलो खेलमा नेपाल पराजित

काठमाडौं:    आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा भेट्टायो ।


नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए । नामिबियासँगको हारपछि नेपालले घरेलु मैदानकै खेलबाट महत्वपूर्ण दुई अंक गुमाएको छ ।


२०२० देखि ओडीआई खेल्दै आएको नेपालको घरेलु मैदान कीर्तिपुरमा अहिलेसम्मकै कम स्कोर बनाउने क्रममा ४१।१ ओभरमा १० विकेट गुमाएर १३२ रन बनाएको थियो ।


यसअघि ओडीआईमा नेपालको कीर्तिपुरमा सबैभन्दा कम योगफल २०२० मा ओमान र २०२२ मा युएईविरुद्ध १७९ रन थियो ।


नेपालको ओडीआई इतिहासकै सबैभन्दा कम योगफल भने २०२२ मार्चमा दुबईमा युएईसँग १०३ रन थियो । २०२३ को एसिया कपमा पाकिस्तानसँग मुल्तानमा १०४ रनमा नेपाल अल आउट भएको थियो ।


२०१९ मा दुबईमा नेपाल युएईसँग ११३ रनमा अल आउट भएको थियो । विन्डहोकमा २०२२ मा स्कटल्यान्डसँग ११९, दुबईमा २०२२ मा युएईसँग १२० तथा २०२२ जुलाईमा स्कटल्यान्डसँग १२८ रनमा अल आउट भएको थियो ।


समग्रमा यो नेपालको सातौं कम योगफल हो । यो खेलमा नेपालका भीम सार्कीले सर्वाधिक ४४ रन बनाउँदा नामिबियाका कप्तान जेराल्ड इरास्मसले ५ विकेट लिए ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्